झापा । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले विना परीक्षण सीमा नाकाबाट भारतलगायत तेस्रो मुलुक आयात तथा निर्यात हुने कृषिजन्य वस्तु रोक्न माग गरेको छ ।
जिल्लाकै भद्रपुर भन्सार कार्यालय, गौरीगञ्ज र बाहुनडाँगी नाका हुँदै दैनिक कृषिजन्य वस्तु विना निरीक्षण आयात तथा निर्यात भइरहेको जनाउँदै कार्यालयले सरोकारवालासँग छलफल नै गरेर परीक्षण अनिवार्य गर्न र नगरेको पाइएमा सम्बन्धित कार्यालयसँग रोक लगाउन माग गरेको हो ।
कार्यालयका प्रमुख देवीन्द्र साहुले कृषि तथा कृषिजन्य वस्तु पैठारी निकासी गर्दा विरुवा संरक्षण ऐन २०६४ तथा नियमावली २०६६ अनुसार प्लान्ट क्वारेन्टिन प्रक्रिया पूरा गरेर मात्र पैठारी निकासी हुनुपर्ने बताउँदै बुधबार मेची भन्सार, भद्रपुर भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय, भन्सार एजेन्ट, उद्योगी, व्यवसायी र व्यापारीसँग छलफल गरिएको बताउनुभयो ।
उहाँले कार्यालयमा कृषिजन्य वस्तु परीक्षणका लागि प्रयोगशाला र दक्ष जनशक्ति रहेको बताउँदै भन्नुभयो, “अनिवार्य परीक्षणले खानयोग्य वस्तु मात्र पैठारी, निकासी हुन्छ भने राजस्व संकलन बढ्छ, अवैध व्यापार नियन्त्रण हुन्छ ।” उहाँले हालसम्म पूर्वी नाका काँकडभिट्टा हुँदै आयात निर्यात हुने कृषिजन्य वस्तुको मात्र परीक्षण भइरहेको बताउनुभयो ।
उहाँले यसै साताभित्रमा इलामको पशुपति भन्सार कार्यालयलाई परीक्षणका लागि कृषिजन्य वस्तु क्वारेन्टिन कार्यालयमा पठाइदिने अनुरोध गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सबै सकोराकारवाला निकायहरुलाई कृषिजन्य वस्तुको विना परीक्षण आयात निर्यात नगर्न निर्देशन दिनुभएको थियो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्