काठमाडौं । जोशी हाइड्रोपावरले एकैदिन तिन आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को सभा माघ ३ गते एकैदिन बोलाएको हो । सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।
सभामा तिन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । यस्तै सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
साथै आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेस गरिनेछ । सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्