काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको हो । बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन गरी १ दिन भित्र Virtual Dollar Card प्राप्त गर्न सक्नेछन् ।
बैंकले मंसिर १९ गते देखि डिजिटल बैंकिङ सेवालाई लाई थप प्रर्वद्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्ने भएका छन् ।
डलर कार्ड प्राप्त गर्नका लागि केवाइसी विवरण अपडेट गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्क वापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । यस सुविधा बैंकका देश भरिका १०५ वटै शाखा कार्यालयहरु बाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइटमार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्