×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका पावर कम्पनीले आफ्ना सेयरधनीलाई १५.७८% लाभांश वितरण गर्ने, साधारणसभा कहिले ?

PRIME CA
GLOBAL IME BANK

कालिका पावर कम्पनीले आफ्ना सेयरधनीलाई १५.७८% लाभांश वितरण गर्ने, साधारणसभा कहिले ?

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कालिका पावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई १५.७८% लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७८% नगद लाभांश वितरण गर्न लागेको हो ।
यता कम्पनीले लाभांश वितरण प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाका लागि कालिकाले पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ । पुस १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: