Skip to content
LAXMI SUNRISE BANK

कामना सेवाले Kamana Sewa Futsal Cup 2021”Kamana Sewa Futsal Cup 2021” को आयोजना गर्दै

अर्थ सरोकार

काठमाडौं । “स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो “Kamana Sewa Futsal Cup 2021″ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक विश्वेश्वर सुवेदी ज्यू तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।

सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन Khelpati.com ले गर्नेछ भने अखिल नेपाल फुटबल संघ(ANFA) फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक विश्वेश्वर सुवेदीले बताए । उक्त कार्यक्रममा बैंकका कर्मचारी, सञ्चारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK