काठमाडौं ।“स्वस्थ शरीर स्वस्थमस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवाविकास बैंकले यहि पौष ९ र १० गते आयोजनागरेको पहिलो “Kamana Sewa FutsalCup 2021″ प्रतियोगिताको आजभव्य समारोहकाबीच उद्घाटन सम्पन्न भई लिगचरणका खेलहरु सुरु भएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ४, हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उक्त खेलको उद्घाटन गरेका हुन् ।
उद्घाटन मन्तव्य दिदैँ मन्त्री गहतराजले कोरोना भाईरस महामारीको कारण विगत २ वर्ष देखि खेलकुदलगायत सबै क्षेत्र प्रभावित भएको र हाल सङ्क्रमणको प्रभाव कम हुंदै गएकोले खेलकुदका गतिविधिहरु सञ्चालन हुन थालेको हुंदा खेलाडीहरुमा उत्साह जागेको बताए । खेलकुदले मानिसलाई अनुशासित गराउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुंदा हरेक क्षेत्रमा यसको महत्व रहेको हुंदा बैंकले फुटसल प्रतियोगिता आयोजना गरेर निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारलाई धन्यवाद दिएका थिए ।
बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा (KTM City) का प्रमुखकार्यकारी अधिकृत निमा शेर्पा, बैंकका नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फाका प्रतिनिधि, खेलपाटी डटकमका प्रतिनिधिहरु, सहभागी टिमका खेलाडीहरुलगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थार बीमा कम्पनीहरुसमेत गरी २४ वटा टिम सहभागी भएका छन । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ । जसमा समूह ए मा कामना सेवा विकास बैंक (हरियो),राष्ट्रिय बीमा संस्थान, सांग्रिला डे.बैंक र कुमारी बैंक, समूह बिमा नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक, समूह सिमा नेपाल इन्भेष्टमेण्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक, समूह डि बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक र शाइन रेसुङ्गा डे. बैंक, समूह इ मा मेगा बैंक, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् भने समूह एफ मा कामना सेवा विकास बैंक (निलो), माछापुच्छ्र्रे बैंक, महालक्ष्मी विकास बैंक र सिद्धार्थ बैंक रहेका छन । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरणसमेत गरेको छ भने खेलको सम्पूर्ण व्यवस्थापन खेलपाटी डटकमले गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्