×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने, बैंक तथा बीमा कम्पनीका २४ टिम सहभागी हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने, बैंक तथा बीमा कम्पनीका २४ टिम सहभागी हुने

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने भएको छ । बैंकको आयोजनामा यही पुस ९ र १० गते प्रतियोगिता गर्ने भएको हो । “स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी बैंकले सो प्रतियोगिता गर्न लागेको बैंकले जनाएको छ ।
बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रतियोगिताका सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमासमेत जानकारी गराइएको छ । फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुसमेत गरी २४ वटा टिम सहभागी हुनेछ ।
खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ । कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो । साथै उक्त खेललाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउंबाट सहयोग र समन्वय गर्नको लागि उहाले आग्रह गर्नुभयो ।
युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजबाट पौष ९ गते उक्त खेलको समुद्घाटन हुनेछ भने पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट खेलको समापन गरिने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी