काठमाडौं । काठमाडौं विश्वविद्यालय(केयू)ले वरिष्ठ शिक्षा सेवी स्वर्गीय रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ को सम्मान प्रदान गरेको छ । शनिवार काठमाण्डौं विश्वविद्यालयको ३० औं वार्षिकोत्सवको अवसर पारेर अयाोजित एक विशेष समारोहकाबीच आठ महिना अघि निधन भएका वरिष्ठ शिक्षासेवी स्व.रामानन्द मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो ।
काठमाण्डौं विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर, शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यरत रही महत्वपूर्ण समय प्रदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरुलाई विश्वविद्यालयले सन् २०१४ बाट केयू परिसनको सम्मानबाट वार्षिक रुपमा सम्मान गर्दै आएको छ । जसअनुसार यो वर्षका लागि सो प्रतिष्ठित सम्मान स्व. मिश्रलाई प्रदान गरिएको हो ।
काठमाण्डौं विश्वविद्यालय स्थापनामा सराहनीय योगदान पुर्याएका कारण स्व. मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए । मिश्रले विद्यालय प्रशासन र निरीक्षण विषयमा फिलिपिन्सबाट स्नातकोत्तर र उच्च शैक्षिक प्रशासनिक विषयमा अमेरिकाबाट पोस्ट ग्राजुएट गरेका थिए । प्रा.डा. थापाकाअनुसार नियमित अध्ययनपछि स्व. मिश्र शिक्षा सेवामार्फत सरकारी सेवामा प्रवेश गरेका थिए ।
यस्तै, काठमाण्डौं विश्वविद्यालयबाट प्रदान गरिएको विभिन्न प्रशासनिक र शैक्षिक भूमिकामार्फत विश्वविद्यालय सेवामा प्रवेश गरेका थिए । स्व. मिश्र स्कूल इन्स्पेक्टर पदबाट सरकारी सेवामा प्रवेश गरेका डा. थापाले जानकारी दिए । सो क्रममा मिश्रले जिल्ला शिक्षा अधिकारी, पाठ्यक्रम विशेषज्ञ, शैक्षिक प्रशासनिक विशेषज्ञ, उपसचिव तथा नेपाल प्रशासनिक स्टाफ कलेजको प्रमुख प्रशासकीय अधिकृत तह लगायतका महत्वपूर्ण जिम्मेवारीमा रही सेवा गरेका थिए ।
शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा रहँदा काठमाण्डौं विश्वविद्यालयको ऐन निर्माणमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शिक्षा सेवाबाट अवकासपछि १९९९ देखि २००१ मा काठमाण्डौं विश्वविद्यालय, धूलिखेल नगरपालिका, डेनिस राजदूतावासको संलग्नतामा संचालित गुणस्तरीय शिक्षा परियोजनामा विश्वविद्यालयको तर्फबाट संयोजकको भूमिकासमेत निर्वाह गरेका प्रा.डा. थापाले जानकारी दिए ।
थापाका अनुसार काठमाण्डौं विश्वविद्यालयमा रहँदा २००१ देखि एशोसिएसट प्रोफेसर भई अध्यापनका साथैं प्राज्ञिक तथा प्रशासनिक जिम्मेवारीअन्तर्गत पीजीटिई इन सेकेण्डरी र प्राइमरी एजुकेसन तथा बीटेक एट प्रोग्रामको संयोजकको नियुक्त भएका थिए । परीक्षा समितिको सदस्य, नियमनिर्देशिका मस्यौदा र शैक्षिक तथा प्रशासनिक कार्य अतिरिक्तको जिम्मेवारी पनि बहन गरेका थिए । स्व. मिश्रले अन्य थुप्रै कार्यक्रमको अध्यापन र विकासमा महत्वपूर्ण योगदान गरेका थिए ।
सन् १९३९ नोभेम्बर ०८ मा सर्लाहीमा जन्मिएर काठमाण्डौंको नयाँ बानेश्वरमा २३ अप्रील २०२१ मा मिश्रको निधन भएको थियो ।काठमाण्डौं विश्वविद्यालयको स्थापना तथा विकासका शैक्षिक तथा प्रशासनिक कार्यमा आफ्नो जीवनको महत्वपूर्ण समय प्रदान गरेका मरणोपरान्त ‘केयू–ओरेसन २०२१’को सम्मान प्रदान गरिएको प्रा.डा. थापाले जानकारी दिए ।
स्व. मिश्रका सुपुत्र अजयकुमार मिश्रले सो सम्मान ग्रहण गरेका थिए । सम्मान ग्रहणपछि बोल्दै अजय मिश्रले स्व. बुबाको तर्फबाट यो सम्मान स्वीकार गर्दा आफूहरुलाई प्रसन्नता भएको बताए । उनले काठमाण्डौं विश्वविद्यालयप्रति सम्मानका लागि कृतज्ञता समेत प्रकट गरेका थिए । आफू रामानन्द मिश्रको छोरा हुन पाएकोमा गौरवान्वित भएकोसमेत उनले सो क्रममा बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्