काभ्रेपलाञ्चोक । कोरोना र प्राकृतिक प्रकोप खेपेका काभ्रेका दुई ठूला खानेपानी आयोजनालाई पुनःकोरोनाको जोखिम प्रक्षेपणले निकै सास्ती दिनेमा चिन्ता व्यक्त गर्न थालिएको छ । कोरोनाको जोखिमका कारण दुई वर्ष धकेलिएको तेमाल बृहत् खानेपानी उपभोक्ता समिति यतिबेला द्रुतगतिमा आयोजना सक्ने दौरानमा छ ।
बृहत् पाँचखाल खानेपानी आयोजनाको काम पनि कोरोनाको तेस्रो लहरले प्रभावित बनाउनेमा स्थानीय उत्तिकै चिन्तित देखिएका छन् । पुनःकोरोनाको लहरको प्रषेपणले सताउन थालेकाले कामलाई थप तीव्रता दिएको तेमाल बृहत् सुख्खा-क्षेत्र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजीत लामाले जानकारी दिनुभयो । “आयोजनाको ९५ प्रतिशत काम सकिएको छ, ह्वात्तै कोरोनाको जोखिम बढे, यो वर्षको लक्ष्य पनि पूरा हुँदैन”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार कोरोनाका कारण दुई वर्ष आयोजना धकेलिए पनि आगामी मङ्सिरमा तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । आयोजनालाई गत असार र साउनमा इन्द्रावती नदीमा आएको बाढीलेसमेत ठूलो क्षति पुर्याएको थियो । बाढीले मुहानलगायतमा क्षति पुर्याएको उक्त खानेपानी आयोजनाका संरचना मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् । यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल –२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंसीका कटान सुरु गरेको थियो । यससँगै यही साउन १७ र १९ गतेको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई हाल सुरक्षित गरिएको हो ।
“यो वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको पुर्याएको थियो, हामीले मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने कामको अन्तिम चरणमा छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार बाढीले आयोजनाको ६० लाखभन्दा बढी क्षति पुर्याएको थियो भने करोडौंका संरचनालाई जोखिम पुर्याएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।
विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्याउँदा केही धकेलिएको हो । अध्यक्ष लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्य भइरहेको छ । “विपद्ले नरोके आउँदो चैतभित्र खानेपानी वितरण गर्नेगरी तीव्रगतिमा काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । भुकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।
सरकार, खानेपानी विभागमार्फत एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत् शहरी खानेपानी तथा सरसफाइ आयोजना मुहानमा ठूलो क्षति पुर्याएको थियो । निर्माणाधीन भुम्लु गाउँपालिका-१० बिमिरेस्थित मुहानका संरचना, मुहानको इन्टेक, २० वटा ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा दुई करोडभन्दा बढीको क्षति पुगेपछि पुनःनिर्माण तथा सुरक्षित बनाउने गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताउनुभयो । “हामीले साउन महिनाभित्र मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्यका साथ लागिरहेका थियौँ, बाढीले मुहान क्षेत्रका दुई करोडभन्दा संरचनामा क्षति पु¥याएको थियो भने करोडौँको निर्माण सामग्री बगाएको थियो”, उहाँले भन्नुभयो ।
यसअघि गत सालको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको पाँचखाल बृहत् शहरी खानेपानी आयोजनाको कामले तीव्रता पाउँदै आएको थियो । “हाल प्रक्षेपण गरिएको कोरोनाको जोखिमले पुनःआयोजनाको लक्ष्य धकेलिने देखियो, यसका हामी चिन्तित बनेका छौँ”, उहाँले भन्नुभयो । परियोजनाको २०७६ भदौ १२ गते त्रिपक्षीय सम्झौता भएको हो । दुई अर्ब २१ करोडको लागतमा अढाइ वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको उक्त आयोजना हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो मानिएको छ ।
पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । यसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले एक वर्षअघि खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका छन् ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्