काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाको साझेदारी गरेको छ जसमा आफ्नो क्षेत्रमा रहेका करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदान स्वरुप सिँचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मीटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने भएको छ ।
सप्तरी जिल्लाको दक्षिणपूर्वी पुर्वी भेगमा अवस्थित तिलाठी कोईलाडी गाउँपालिकामा यस अघि सिँचाइ र खेतीका लागि किसानले अधिकतम शुल्क पर्ने डिजल उपकरणबाट कृषिका काम गरिरहेका थिए भने यो आर्थिक अनुदान कार्यान्वयनमा आए सँगै अब न्युनतम शुल्कमा आधुनिक प्रविधि प्रयोग गरि विभिन्न कृषिजन्य कामका लागि विद्धुतिय उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत तिलाठी कोईलाडी गाउँपालिकाले प्रति घर वार्षिक अनुदान १,२००(एक हजार दुई सय) कृषि मीटरको महसुल भुक्तानीका साथै प्रति घरको प्रति महिनाको बिजुलीको महसुल ५० (पचास) अनुदान गर्ने भएको छ । उक्त योजनाको कार्यान्वयनमा खल्तीले डिजिटल प्रविधिबाट भुक्तानीमा सहयोग गर्ने छ ।
यस साझेदारी बारे तिलाठी कोईलाडी गाउँपालिकाका मेयर सतिश सिंह भन्छन्,“यो योजना यस गाउँपालिकामा पहिलो पटक हुन लागेको हो र यस योजनाले यस गाउँपालिकाका विपन्न बस्तीका सम्पूर्ण किसानहरुको जीविकोपार्जनमा टेवा पुर्याउने छ। यस्ता कार्यक्रमले किसानको आर्थिक उन्नतिसमेत हुने कुरामा म विश्वास गर्दछु । यसैले यस्ता कार्यक्रमको निरन्तरता हुन जरुरी छ र यस्तै खालका अरु कार्यक्रमहरु पनि हामी आगामी दिनमा ल्याउने छौँ।”
‘‘खल्ती” का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्छन्, “डिजिटल नेपालको सपना बोकेको खल्ती डिजिटल वालेट, तिलाठी कोईलाडी गाउँपालिकासँग हातेमालो गरेर त्यहाँका किसान वर्गलाई प्रोत्साहन गर्न निकै नै उत्साहित छ। यसका साथै किसानलाई लक्षित गरि अन्य अनुदानका कार्यक्रम बढाउन सरकारी निकायहरुलाई आग्रह गर्न चाहन्छौँ।”
खल्ती नेपालको फिनटेक उद्योगमा एक युवा, प्रचलित र नवीन ब्रान्ड बन्न पुगेको छ । २० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ ।
खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्ती एप khalti.com/app बाट डाउनलोड गर्न सक्नेछन्। थप जानकारीको लागि खल्तीका जनसम्पर्क संयोजक आकृती शर्मालाई [email protected] मा ईमेल गरि बुझ्न सकीनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्