काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ । जस अनुसार बैंकका ग्राहकहरुलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको छ ।
यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्यो,”पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।” त्यस्तै गरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।
‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ ले योगदान दिँदै आएको छ।
बैंकले आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८७ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सन्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्ष बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्धी गर्न उच्च सेवा वितरणको लागी लक्षित छ ।
‘खल्ती’ Khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्