खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-६ मङ्गलटारका प्रत्येक टोलमा विद्युतीय कुटानीपिसानी मिल वितरण गरिएको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका महिलालाई लक्षित गर्दै वडा कार्यालयले तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरेको हो ।
आफू निर्वाचित भएपछि थालिएको विद्युतीय कुटानीपिसानी मिल वितरण अभियान पूरा भएको वडाध्यक्ष रमेश राउतले बताउनुभयो । “ढिकी जाँतो विस्थापन गर्न ४९ हजार पर्ने विद्युतीय कुटानीपिसानी मिल प्रदान गरिएको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा चार, आर्थिक वर्ष २०७५/७६ मा नौ र चालु आर्थिक वर्षमा छ गरी कूल १९ वटा विद्युतीय मिल वितरण गरेको हो ।”
ढिकी जाँतोमा अन्न पिस्न समय लाग्ने र शारीरिक बलको खर्च हुने भएकाले मिल वितरण गरिएको जनाइएको छ । नगरपालिकाबाट बजेट व्यवस्था गर्न सकिए महिला समूहलाई थप कुटानीपिसानी मिल उपलब्ध गराइने वडाध्यक्ष राउतले बताउनुभयो । “आधुनिक किसिमको मिल प्रयोगमा आएपछि परम्परागत ढिकी जाँतो प्रयोग गर्दा हुने शारीरिक श्रम र समय महिलाहरुले आयमूलक काममा उपयोग गर्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो, “महिलाहरुको शारीरिक श्रमको बोझलाई कम गर्नाका साथै समयकोसमेत बचत गर्न आमा समूहलाई कुटानीपिसानी मिल वितरण गरिएको हो ।”
एउटा विद्युतीय कुटानीपिसानी मिलले टोलका १५/२० घरपरिवार लाभान्वित भएका छन् । एउटा टोलका एकजना व्यक्ति छनोट गरेर मिल सञ्चालनको व्यवस्था मिलाइएको वडाध्यक्ष राउतले जानकारी दिनुभयो । एघार वडा रहेको उक्त नगरपालिकाको प्रत्येक वडाका हरेक टोलमा उक्त किसिमको कुटानीपिसानी मिल वितरण अभियान सुरु गरेको थियो ।
यसअघि नगरपालिकाले ६१ वटा कुटानीपिसानी मिल वितरण गरिसकेको नगर उपप्रमुख बिमला राईले जानकारी दिनुभयो । अन्न पिस्नका लागि उपयोग गर्न पाउने गरी सबै वडाका महिलालाई पायक पर्ने स्थानमा राख्ने गरी कुटानीपिसानी मिल प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ । दस स्थानीय तह रहेको जिल्लाका हरेक गाउँघरमा हालसम्म अन्न (धान, कोदो, मकै, गहुँलगायत) पिस्नका लागि ढिकीजाँतोको प्रयोग हुने गरेको थियो । पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले अनुदानमा हरेक टोललाई उक्त किसिमको विद्युतीय कुटानीपिसानी मिल वितरण गर्न थालेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्