काठमाडौँ । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ । यो संभवत हालसम्मकै सबैभन्दा पृथक र वृहत सांगीतिक अभियान हुनेछ ।
पछिल्लो समयमा युवा पुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान संचालन गर्न लागेको हो ।
खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए। संगीतका नयाँ कलाकारहरुलाई देशभरका दर्शकश्रोतामाझ परिचय गराउने र उनीहरुलाई उत्साहित गरी नेपाली गीतसंगीतको समेत प्रवद्र्धन गर्ने उद्देश्यले बृहत कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।
देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । आर्बिटरीले संगीतसँग सम्बन्धी देशैभर आयोजना हुने हालसम्मकै ठूलो अभियानको शुक्रबार (आज) बाट सुरु भएको छ ।’ आफू नजिक पनि यस्ता कार्यक्रम आयोजना हुने भन्दै स्थापितसँगै नयाँ कलाकारहरुको प्रस्तुतिमा झुम्नका लागि तयार रहन संगीतप्रेमीलाई खुकुरी रमले आह्वान गरेको छ ।
विशेष गरी युवाहरुमाझ परिचित र चर्चित आर्बिटरी ग्रुपसँग गीतसंगीतको प्रवद्र्धन र कलाकारहरुको उत्थानका लागि सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको लामिछानेले जानकारी दिए । यस्तै, आर्बिटरीका संस्थापक वीपीन नकर्मीले संगीत र कलाकारहरुलाई सहयोग गर्ने हेतूले आर्बीटरी ग्रुपले पुनः खुकुरी रमसँग सहकार्य गर्न पाउँदा आफूहरु खुशी भएको बताए । ‘खुकुरी रमसँग सहकार्य गरी आर्बीटरीले पप, रक, स्लो रक लगायत गीतसंगीतका विविध विधासँग सम्बन्धित कलाकारहरुसँग अनुबन्ध गरी ३ महिने अभियान संचालन गर्न लागेको छ ।
यो अभियानमा केही स्थापित कलाकारसँग उदाउँदा कलाकारहरुले समेत स्टेज सेयरिङको मौका पाउनेछन् ।’ नकर्मीले भने–‘६२ वर्षदेखि ग्राहकको रोजाईमा पर्न सफल खुकुरी रमसँग सहकार्य गरी उदाउँदा कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित वृहत अभियान संचालन गर्न लागेकोमा हामी उत्साहित छौं । यो अभियान गीतसंगीतको प्रवद्र्धन र देशका विभिन्न क्षेत्रमा बसोबास गर्नेहरुको मनोरञ्जनका लागि महत्वपूर्ण सावित हुने विश्वास समेत लिएको छु ।’
खुकुरी रमले यसअघिका वर्षहरुमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेशन’ आयोजना गरेको थियो । सो मिसनलाई देशभरका संगीतप्रेमीले निकै रुचाएका थिए । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ ।
खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । ६२ वर्षअघिबाट उत्पादन सुरु भएको खुकुरी रमले ग्राहकहरुको मनमा एकछत्र राज गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्