रामपुर । पाल्पाको रिब्दीकोट गाउँपालिकामा दुग्ध संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । यहाँको भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सो केन्द्र सञ्चालनमा ल्याएको हो । गाउँपालिकाभित्र एकै ठाउँमा संकलन गरी बिक्री वितरण गर्ने भएपछि किसानलाई दुध बेच्न झण्झट नहुने र राम्रो आयआर्जनसमेत हुने हुँदा सो केन्द्र सञ्चालनमा ल्याइएको कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ । दुग्ध संकलन केन्द्र स्थापना भएसँगै यहाँका किसान उत्साहित हुँदै व्यवसायमा लागेको सहकारी संस्थाका अध्यक्ष केशव खनालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “किसानको सहजताका लागि हामीले संकलन केन्द्र सञ्चालनमा ल्याएका हौँ, गाउँमा उत्पादित दूध गाउँमै बेच्न पाउँदा यसले कृषकलाई ठूलो राहत पुग्नेछ ।” गाउँपालिकाको आठ वडामा हाल एक हजार ४३० लिटर दूध सङ्कलन हुँदै आएकामा अब भैरव दूधका नामबाट बिक्रीवितरण गरिने सहकारीले जनाएको छ । सहकारीले आउँदो माघ महिनादेखि तानसेनमा बिक्री कक्ष सञ्चालन गर्ने योजना बनाएको छ । हेफर प्रोजेक्टले दुई हजार लिटरको चिलिमे भ्याट, दूधको शुद्धता नाप्ने मिल्क एनालाइजर, तथा अन्य उपकरणका लागि ५० प्रतिशत सहयोग गरेको छ ।
यस्तै गाउँपालिकाभित्र करिब एक हजार ६०० कृषकलाई एकीकृत बनाएर कृषि तथा पशुपालन क्षेत्रमा आयआर्जन बढाउने गरी सचेतना अभियान सञ्चालन गर्दै आइरहेको रिब्दीकोट हेफर प्रोजेक्टका फोकल पर्सन रामप्रसाद न्यौपानेले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले संकलन केन्द्र सञ्चालनमा आएपछि कृषक विचौलियाबाट ठगिनेक्रम रोकिने बताउँदै उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दूधको विविधीकरण गर्ने व्यापारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
साथै गाउँपालिकाद्वारा कृषकलाई दूध, दाना, घाँस ढुवानीलगायत विभिन्न कामका लागि हेफर प्रोजेक्टको ५० प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा बलेरो पिकअप जीप प्रदान गरिएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्