पाल्पा । लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।
लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुईवटा पुर्याउनु पर्ने छ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताउनुभयो । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ र हेफर परियोजनाको सहयोग भैँसीपालनका क्षेत्रमा सहयोग गरिएको हो ।
चालु आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाभित्रका किसानलाई १०० लैनो भैँसी थप गर्ने योजना छ । सोहीअनुसार ६९ लैनो भैँसी थप गर्ने किसानलाई२९ लाख अनुदान वितरण गरिएको हो । तानसेन नगरपालिकाको चौवनबारी, पदमटारी र बन्दीपोखरा क्षेत्रमा व्यावसायिकरूपमा दूध उत्पादन गर्न भैँसीपालन कार्यक्रमलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो ।
तानसेन नगरपालिका–७ र १३ नं वडामा लैनो भैँसीपालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ । यो कार्यक्रममा सहभागी हुने किसानलाई स्थानीय सरकारले घाँस तथा प्राविधिक सहयोग गरिएको जनाएको छ । किसानले उत्पादित दूध बजारसम्म पुर्याउन चाहिने सामान सहयोग गर्ने योजना रहेको निर्देशक कार्कीले जानकारी दिनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्