Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकले गर्यो सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई २१.०५२६% लाभांश दिने भएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर तिर्न १.०५२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै बैंकले सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंकको साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । गत वर्ष बैंकले १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश गरी कुल १५.७९% लाभांश वितरण गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK