×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्न कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुँदै, कहिले हुँदैछ बुक क्लोज ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाभांश पारित गर्न कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुँदै, कहिले हुँदैछ बुक क्लोज ? (विवरणसहित)

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । बैंकको सभा केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे हुने भएको हो । सभामा बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश वितरण गर्ने एजेन्डा पेस गर्ने भएको छ ।
यस्तै बैंकले अग्राधिकार सेयरधनीलाई चुक्ता पूँजीको ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको छ । बोनस सेयर वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन हुनेछ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
बैंकले सभा गर्न पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी