काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका निर्देशक भैरव बहादुर बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालत काठमाडौंमा टेकु भवन निर्माणको बोलपत्रमा गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा निर्देशक बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो ।
बोगटीसहित खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।
काठमाडौं महानगरपालिकाको टेकुस्थित भवन निर्माण गर्न सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखित तयार गरी निर्माण व्यवसायी छनौट गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्