×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेडद्धारा ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, इन्छुक संस्थापकले ३५ दिन भित्र आवेदन दिईसक्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी बैंक लिमिटेडद्धारा ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, इन्छुक संस्थापकले ३५ दिन भित्र आवेदन दिईसक्नुपर्ने

Artha Sarokar

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना सेयरधनीको नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी भीम कृष्ण उदास आफ्नो नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । यस अवधिमा संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणका लागि खुलाइने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी