×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्धारा ‘फोन लोन इएमई’ योजना सार्वजनिक, खातामा पैसा नभए पनि २ लाखसम्मको सामान किन्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी बैंकद्धारा ‘फोन लोन इएमई’ योजना सार्वजनिक, खातामा पैसा नभए पनि २ लाखसम्मको सामान किन्न सकिने

Artha Sarokar

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंकले ‘फोन लोन ईएमआई’ योजना सार्वजनिक गरेको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो । यससँगै कुमारी बैंकमा तलब खाता भएका ग्राहकले न्युनतम १ हजारदेखि २ लाखसम्मको कुमारी स्मार्ट मोबाइल बैंकिङबाट यो सुविधा लिन सक्ने भएका छन् ।

उक्त लोन १२ महिनाभित्रको अवधिमा तिर्न सकिने बैंकले जनाएको छ । बैंकले एफवान सफ्टसँगको सहकार्यमा यो योजना ल्याएको हो । ग्राहकलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी