×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंकले बोलायो पुस ८ गते २१औं वार्षिक साधारणसभा, ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी पुस ८ गते २१औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकको उक्त साधारणसभा दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा हुने भएको छ ।

उक्त सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्नेछ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले सभा प्रयोजनका लागि मंसिर २४ गते बुक क्लोज गर्ने भएको छ । यससँगै मंसिर २३ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र उक्त प्रस्तावित लाभांश पाउने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: