काठमाडौं । लुम्बिनी विकास बैंकले साधारणसभा डाकेको छ । बैंकले पुस ९ गते १४ औ वार्षिक साधारणसभा डाकेको हो । बैंकले भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो । सेयरधनीहरुलाई जुम मिटिङमार्फत जोड्ने बैंकले जनाएको छ ।
बैंकको हालको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी तीन अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । यसले गर्दा बैंकको चुक्ता पूँजी अधिकृत पूँजी बढ्ने भएकाले प्रवन्धपत्र संसोधनको प्रस्ताव पनि पेश गरिनेछ । यस्तै साधारणसभाले सञ्चालक समितिले यस अगाडी पेश गरेको १३ प्रतिशत बोनश सेयर वितरणको विशेष प्रस्तावलाई पारित गर्ने छ ।
त्यस्तै गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्ने साधारण प्रस्ताव रहेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर २७ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्