×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंक लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स्बीच सम्झौता, बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सेवाहरु उपयोग गर्न पाईने

LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंक लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स्बीच सम्झौता, बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सेवाहरु उपयोग गर्न पाईने

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स्बीच सम्झौता भएको छ । बैंकले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. सँग सम्झौता गरेको हो । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंक लि.सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठ ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । यस बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिकएवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी