धरान । बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछापालन सुरु गरिएको छ । बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यावसायिकरूपले माछा पालन गर्न थालिएको हो ।
कोशी नदीको किनारमा खाली रहेको १४६ बिघा जमिन नगरपालिकासँग भाडामा लिएर गत बैशाखदेखि माछा पालन सुरु गरिएको संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो । हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको उहाँले बताउनुभयो ।
अहिले दुई केजीसम्मका माछा भइसकेको र विक्री गर्न पनि थालिएको छ । प्रदेश सरकारको ४५ लाख र सहकारीको ५५ लाखको लगानीमा फार्म सुरु गरिएको हो । उदयपुरमा माछा जोनको कार्यक्रम परेकाले यस अघिदेखि व्यावसायिकरूपले माछा पालन गर्दै आउनु भएका कार्कीको सकृयतामा बेलका नगरमा माछा फार्म खोलिएको सहकारी संस्थाका सदस्य शरद कोइरालाले बताउनुभयो ।- रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्