काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ९४ रुपैयाँ ३९ पैसादेखि २८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य तोक्ने भएकाले सो रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको आव २०७६/७७ को वास्तविक नेटवर्थ ९४ रुपैयाँ ३९ पैसा रहेकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।कम्पनीको आईपीओ सूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले कुल सेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्