×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाद्धारा गणेश टोल बिकाश संस्थालाई डस्टबिन वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाद्धारा गणेश टोल बिकाश संस्थालाई डस्टबिन वितरण

Artha Sarokar

२२ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल बिकाश संस्थालाई २० थान ठुलो डस्टबिन सहयोग स्वरुपप्रदान गरेको छ । शहिद स्मारक पार्कमा आयोजित एक भव्य कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा-११ का कार्य बाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्तडस्टबिनहरु गणेश टोल बिकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवापुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै हेटौंडा ११ काकार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने कुरा बताए । आगामीदिनहमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णालीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाखग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card,eCommerce card/Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card / Dollar cardजारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मीविकास बैंक रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी