×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्धारा टोखा नगरपालिकालाई पानि ट्यांकि प्रदान

LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकद्धारा टोखा नगरपालिकालाई पानि ट्यांकि प्रदान

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्यांकि प्रदान गरेको छ ।

वडा कार्यालयमा आयोजित एक भव्य कार्यक्रमबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानि ट्यांकिहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए ।“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै वित्तिय सेवा प्रदान गरिरहेको यस बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले (VISA EMV chip based Travel Card,eCommerce card/Dollar card)जारी गरिसकेको छ । समग्रमा (chip based Travel Card, eCommerce card / Dollar card)जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक, महालक्ष्मी विकास बैंक रहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी