काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि. र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । इजीलिंक र बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्स प्रा.लि.कातर्फबाट प्रमुखकार्यकारी अधिकृत डिपि अर्याल, अपरेशनम्यानेजर सालिक रामदाहाल र महालक्ष्मी विकास वैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा, केन्द्रीय कार्य संचालन विभाग प्रमुख रमेश कुमार साहले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्तर्गत अब इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मासारी पेमेन्ट सर्भिसेस, अष्ट्रेलियाबाट इजीलिंक द्रान्सफर साथै(SBL Remit, Remit2Nepal, KamanaSewa Remit, ADB Remit, Lumbini Remit )मार्फत आएको रकम महालक्ष्मी विकास बैंकको नेपाल भरि छरिएर रहेका १०३ शाखाहरुमार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।
छिटो, छरितो र सहजतरिकाले विप्रेषण रकमलाई सेवाग्राही सम्म पुर्याउन यो सम्झौताले थप सहज हुने बताइएको छ । इजीलिंक रेमिट्यान्सले आफनो व्यवसाय विस्तारलाइ तिब्रता दिंदै खाडी मुलुकलगायत विश्वका विभिन्न मुलुकहरुबाटसमेत तत्कालै सेवासुचारु गर्न लागिएकोसमेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराए ।
हालइजीलिंक रेमिट्यान्स प्रा.लि.ले ग्राहकको चाहनालाई मध्यनजर गदै दक्षिण कोरिया, जापान, साइप्रस, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरुबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ । विदेशबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने व्यवस्था पनि मिलाएको छ ।
ग्राहकहरुको सेवा सुविधालाइ मध्यनजर गर्दै रकम भुक्तानीमा कुनै समस्या परेमा कम्पनीको फोन नम्बर ०१-४३८८३७५ मा सम्पर्क गर्न साथै भुक्तानी सेवाप्रदायक संस्थाहरुले समेत एजेन्टभइ काम गर्नको लागि कम्पनीको इमेल [email protected] मा कागजात पठाइ वा सोझै कार्यालयमा सम्पर्क गरि एजेन्ट लिई सेवा संचालनगर्न सकिने छ ।
नेपाल भरि छरिएर रहेका बैंक तथा वित्तिय संस्था, सहकारी, फाइनान्स कम्पनी, भुक्तानी एजेन्टहरुसहित देशभरी रहेका७,००० भन्दा बढि एजेन्ट संञ्जालहरुमार्फत सहज तरिकाले भुक्तानी लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेशन म्यानेजर सालिक रामदाहालले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्