×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिला लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १५ गते बुधबार अन्तिम दिन हो । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनको लागि मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

संस्थाले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा हिमालय दृष्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान १०.३० बजेबाट सुरु हुने भएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: