नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा आजदेखि दोस्रो मध्यविन्दु महोत्सव सुरु हुँदैछ । मध्यविन्दु नगरपालिकामा मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा अरुणखोलामा उक्त महोत्सव हुन लागेको हो । उक्त महोत्सव यही पुस २४ गतेसम्म सञ्चालन हुनेछ ।
संघका अध्यक्ष केदारप्रसाद पराजुलीले नगरपालिकामा पर्यटन तथा व्यपारिक गतिविधि वृद्धिसँगै यस क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमार्फत विभिन्न व्यावसायिक तथा कृषि उत्पादनको प्रदर्शन गरी नगरपालिकाभित्र व्यावसायिक वातावरण तयार गर्न लागिएको उहाँको भनाइ छ ।
महोत्सवको झण्डै एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ । महोत्सवमा १० करोड बराबरको कारोबारको लक्ष्य रहेको पराजुलीले बताउनुभयो । महोत्सवको आकर्षणका रूपमा पूर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने विविध झाँकीसहितको वृहत् शोभायात्रा, दोस्रो मध्यविन्दु नृत्य आइडल, स्थानीयरूपमा उत्पादित कृषि उपजको प्रदर्शनी तथा कला, संस्कृति, वेषभूषाको प्रदर्शनी रहेको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्