Skip to content
LAXMI SUNRISE BANK

महोत्तरीमा नगद र सुनका गहनासहित छ लाख भन्दाबढीको चोरी

अर्थ सरोकार

महोत्तरी । महोत्तरीमा नगद र सुनका गरगहना चोरी भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका-८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी छ लाख बढीको चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी छ लाख १७ हजार बराबरको धनमाल चोरेका छन् ।

चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजीकार्य गरीरहेको छ । महोत्तरीमा विगत दुई-तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK