काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबार देखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । जसअनुसार केवुलकारको सेवा आउँदो पुस ४ गते देखि ७गते सम्मका लागि बन्द रहने भएको छ ।
मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकारसेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटमस्टेशनर रेष्टुरेण्ट सेवा भने यथावत रहनेछ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालगकनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको जनाएको छ ।
लामो समय देखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयरपार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ । साथै केबलकारको लठ्ठा, ग्रिपलगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ । चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँप्रविधिमा लैजाने योजना रहेको छ।
कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वीललगायत उपकरण भने साबिककै रहनेछ ।यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्