×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ’: मुख्यमन्त्री पाण्डे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ’: मुख्यमन्त्री पाण्डे

Artha Sarokar

२२ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिनुभएको छ ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उहाँले व्यवसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । उहाँले भन्नुभयो “ किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ । यसवर्ष दुई अर्ब बिनाधितो ऋण दिने सरकारको नीति छ । ”

महासंघका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानका पहुँचमा पुग्न नसकेको हुँदा यसलाई सहज बनाउन सुझाव दिनुभयो । भेलाले टीकालाल तामाङका अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठनसमेत गरेको छ ।

समितिका उपाध्यक्षमा ज्ञानबहादुर लामा, सचिवमा दिपेशचन्द्र तामाङ, सहसचिवमा प्रविन महत र कोषाध्यक्षमा रीमा लुइँटेल रहनुभएको छ । त्यस्तै सदस्यमा क्रमशः ईश्वरी श्रेष्ठ, यज्ञप्रसाद न्यौपाने, सन्तोष मिजार, जीवन पहरी, इन्द्रा गौतम, जिलेट लामा, अम्बिका माया लामा, दुर्गाबहादुर घर्ती, गोविन्द केसी, दीपक अधिकारी, शङ्कर त्रिपाठी, सरिता महत, सावित्री गौतम र सरिता गौतम रहनुभएको छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी