काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२ औं वार्षिकोत्सवएवम् छैठौं महाधिवेशनमाबोल्दै मन्त्री पौडेलले यस्तो बताएका छन् ।
‘सार्वजनिक शिक्षा सुधार्न एक्लो प्रयासले हुँदैन,’मन्त्री पौडेलले भने, ‘शिक्षक, विद्यार्थी र तीनै तहका सरकार मिलेर शिक्षामा गुणस्तर बढाउनुपर्छ ।’ उनले उच्चशिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएको चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित नगरे उत्पादन जनशक्ति देश बाहिर जाने बताए ।
‘शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएका समस्याहरु छन्’, यसको क्रमशःहल गर्ने बाटोमा सरकार लागेको छ,’ उनले भने, ‘सघीय शिक्षा ऐन जारी गर्ने प्रक्रियामाप्रवेश गरेका छौं ।’ शिक्षाऐन जारी भएपछि शिक्षा क्षेत्रमा देखिएका समस्याहरु धेरै हल हुने उनले विश्वास व्यक्त गरे । मन्त्री पौडेलले सिकेको ज्ञानलाई सीपमा र सीपलाई व्यवहारिक ज्ञानमा उतार्नुपर्नेमा जोड दिए । विद्यार्थीहरु नै राष्ट्र निर्माणका पहरेधार भएको बताउँदै मन्त्री पौडेलले विद्यार्थीलाई लगनशील हुन आग्रह गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्