काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालिकाको गाउव्लकमा रहेका भू्मिहिनहरुलाई आज जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छिन् । अग्नीसाइर कृष्णसवरण गाउपालि र तिरहुत गाउपालिकाको गाउव्लकमा रहेका ७०० घर परिवारलाई आज र भोली जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्न लागिएको हो ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दैमन्त्री श्रेष्ठले यहि पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाउँव्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताएकी छिन् । उनले नापी भइसकेका गाउव्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूूमि भएरपनि भूूमि विहिन बनीरहेकाहरु कोही पनि छुुट्न नहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँव्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडी बढिसकेको बताईन् ।
मन्त्री श्रेष्ठले भूूमिहिन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम सुुुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरुको बस्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम सुरु गरिसकेको पनि बताईन् । तल्ला तहका नागरिक र वाास्तविक पिडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको पनि पनि उनले बताईन् ।
संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न भूमिसँग जोडिएका समस्या समाधान गरेर समृद्ध मुलुक स्थापना गर्ने लक्ष्यमा आफुु प्रतिबद्ध भएर लागेकोसमेत बताएकी छिन् । कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोसीले अहिलेसम्म गाउँव्लकको नापी भएका जग्गाको पुुर्जा वितरण प्राथमिकतामा नपरेको भन्दै अहिले परिणम निक्लने गरी काम गर्न निर्देशन आएकाले त्यसै अनुसार विभागले काम सुुुरु गरिसकेको बताए । यसैक्रममा यस अघि महोत्तरीको रामगोपालपुुरमा रहेका गाउँव्लकमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्