×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ रूपैयाँमै क्यान इन्फोटेकको टिकट, माघ १८ देखि २३ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ मेला

GLOBAL IME BANK
SHREE KESH

१ रूपैयाँमै क्यान इन्फोटेकको टिकट, माघ १८ देखि २३ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ मेला

१५ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ । महासंघले काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुवरले गत वर्षको कोरोना महामारीको कारण इन्फोटेक गर्न नपाएको बताउनु भयो । उहाँले गत वर्षको निरन्तरता स्वरुप इन्फोटेक–२०२२ लाई विशेष बनाउन खोजेको बताउनु भयो ।
अध्यक्ष कुवरले यो वर्ष इन्फोटेक–२०२२ मा अन्य विभिन्न क्षेत्रलाई समेत समेटिएकाले इन्फोटेकको २७ औं संस्करण अवलोकन गर्न आउनेलाई हेर्न लायक बनाउने बताउनु भयो । उहाँले इन्फोटेकमा होटल महासंघसँगको सहकार्यमा फुटका स्टलहरु पनि राखिने बताउनुभयो । अध्यक्ष कुवरले कोरोना महामारीले सुचना प्रविधि के हो र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा सिकाएकाले इन्फोटेक–२०२२ अझ महत्वपूर्ण हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले महासंघले सूचना प्रविधिको प्रर्वद्धन समेत गर्ने भएकाले इन्फोटेक–२०२२ मा प्रवेश शुल्क १ रुपैँया राखिएको बताउनु भयो । अध्यक्ष कुवरले भन्नुभयो,‘ गत वर्षको कोरोना महामारीको कारण इन्फोटेक गर्न नपाएका थिएनौं । यो वर्ष गत वर्षको निरन्तरता स्वरुप इन्फोटेक–२०२२ लाई विशेष बनाउन महासंघले खाजेको छ ।
यो वर्ष इन्फोटेक–२०२२ मा अन्य विभिन्न क्षेत्रलाई समेत समेटिएकाले इन्फोटेकको २७ औं संस्करण अवलोकन गर्न आउनेलाई हेर्न लायक बनाउने तयारी हो । विगतका वर्षमा फुटका स्टलहरु राख्दा गुणस्तरिय नभएको गुनासो आएको थियो । त्यसैले यो वर्ष इन्फोटेकमा होटल महासंघसँगको सहकार्यमा फुटका स्टलहरु पनि राखिने छ । कोरोना महामारीले मानिसहरुलाई सुचना प्रविधि के हो र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा सिकाएकाले इन्फोटेक–२०२२ अझ महत्वपूर्ण हुने अपेक्षा रहेको छ । महासंघले सूचना प्रविधिको प्रर्वद्धन समेत गर्ने भएकाले इन्फोटेक–२०२२ मा प्रवेश शुल्क १ रुपैँया राखिएको छ ।’
इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेबाट सुरु भएर २३ गते ६ दिनसम्म चल्ने छ । इन्फोटेक प्रदर्शनीको लागि पौस १३ गतेदेखि बुकिङ खुल्ला हुने भएको छ । क्यान इन्फोटेकको २०२२ मा ३ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: