काठमाडौं । नेपालीकांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुरा गर्नको लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् ।
नेपाल निजामति कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागिय कार्य समितिको आठौं विभागि अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पुरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानी बासीलाई मेलम्चीको पानी खुवाउँछु।’
मन्त्री चौधरीले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको भन्दै कांग्रेसको सरकारको पालामा काम हुने तर हतारमा विगतका सरकारले उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसंगति नै फैल्याएको बताए । कर्मचारीहरुको सहयोगमा काठमाडौंबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै मन्त्री चौधरीले आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।
‘निजामती कर्मचारी भनेकै सरकारको मेरुदण्ड हो । निजामती कर्मचारी युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन भएर दिएको योगदान सरकारलाईसमेत सहयोग हुन्छ’, मन्त्री चौधरीले भने, ‘कर्मचारीको सेवा सुविधा, पेशागतहकहितको लागियुनियनको माग पुरा गराउन मत तयार छुु तर सरकारको काम पनि कर्मचारीले गरेर देखाउनु पर्छ ।’
मन्त्री चौधरीलेले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालदारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामति ऐनमा रहेको कर्मचारीको पेशागत हितविपरितका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताए । कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हक, हित, सुविधा र बृत्ति बिकासका लागि उठाएका मागहरु पुरा गराउन मन्त्रालय तयार रहेको बताईन् ।
नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विधि, प्रकृया र मापदण्ड पुर्याएर स्थायी गर्न माग गरे । अध्यक्ष पोखरेलले हाल संसदमा रहेको निजामति कर्मचारी सम्वन्धी विधेयक कर्मचारीको हितविपरित भएको भन्दै कर्मचारीलाई संघबाट स्थानीयतहमा जबर्जस्ती समायोजन गर्ने, उपसचिव भन्दातल्लो तहका कर्मचारीको बृत्ति विकासमा अबरोध गर्ने, एकल युनियनको प्रस्ताव गर्ने तथा विभागिय कारबाही कडाइ बनाउँदै बिदा र सुविधा कटौति गर्ने प्रावधान संशोधन नभए सरकारबिरुद्ध नै अन्दोलन गर्न युनियन बाध्य हुने चेतावनी दिए ।
युनियको खानेपानी मन्त्रालय विभागीय कार्य समितिका अध्यक्ष रामचन्द्र ढकालको सभापतित्वमा भएको सो कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका पूर्व महानिर्देशक सूर्यप्रसाद कँणेल,आधिकारिक ट्रेड युनियनका महासचिव तेजकुमार केसी, युनियनका बागमति प्रदेश अध्यक्ष एकनारायण काफ्लेलगायतकाले कर्मचारीको हकहित र अधिकारको लागि युनियनको भूमिका महत्वपूर्ण भएको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्