काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नुवाकोट बट्टारमा आयोजित सभाले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस शेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुका साथै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ ।
यस्तै सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु निर्विरोध रुपमा चयन गरेको छ । जसमा प्राइम कमर्सियल बैंकको तर्फबाट संजिव मानन्धर, सिटिजन्स बैंकको तर्फबकाट सुमित बाबु खत्रि,ग्लोब आइएमई बैंकको तर्फबाट कल्याण विक्रम पाण्डे र कुमारी बैंकको तर्फबाट सजना मानन्धर निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको शुक्रबारनै बसेको ११९औं बैठकले संजिव मानन्धरलाई अध्यक्षमा सर्वम्मत चयन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्