काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । कम्पनीको सभा न्यू बौषा होटल एन्ड गेष्ट हाउसको सभाहल, लालगढ धनुसामा बिहान ११ बजेबाट हुने भएको हो ।
कम्पनीले २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । यस्तै सभामा कम्पनीको सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१% र सर्वसाधारण समूहको ४९% बनाउने एजेन्डा पनि छ ।
हाल कम्पनीमा संस्थापक समूहको ६०% र सर्वसाधारण समूहको ४०% सेयर स्वामित्व रहेको छ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि हुनेछ । सभाका लागि यस कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्