काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको छैठौं वार्षिक साधारणसभा पुष २९ गते हुने भएको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कालिमाटि ब्यांक्वेट, कालिमाटि काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बोलाउने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ भने सोही आवको आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाहलगायतका वित्तीय विवरणहरु) माथि छलफल र स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।
आव २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समुहबाट निर्वाचित संचालक शिव प्रसाद त्रिपाठीले राजिनामा दिई रिक्त रहेको पद निर्वाचनद्धारा पूर्ति गर्ने एजेण्डा पनि सभामा रहेको छ ।
यता कम्पनीले पुष १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुष १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्