काठमाडौं । मुक्तिनाथ विकास बैंकको १५औं वार्षिक साधारण सभा आज मंसिर २५ गते शनिबार बस्दैछ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । कम्पनीले सभा बिहान ९ बजे होटल जलमहल, घारीपाटन, पोखरा कास्कीमा हुने जनाएको छ ।
सभाले १७ दशमलव ५७ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०७७र ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने, सोही अनुसार प्रबन्धपत्रको सम्बन्धीत दफा सम्शोधन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।