×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकद्धारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल बैंकद्धारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Artha Sarokar

१९ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँतामा गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पलाँतामा गाउँपालिकासंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ ।

पलाँतामा गाउँपालिकामा बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाँउपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रमसमेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै गायपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरेका छन् । कार्यक्रममा बैंकका दिगो बैंकिङ तथा वित्तीय साक्षरताको सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले प्रकाश पारेका थिए । अन्तर्क्रियाकै दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुकोसमेत सम्बोधन गरिएको थियो । कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी