Skip to content
LAXMI SUNRISE BANK

सात करोड २५ लाख भन्दाबढीको लागतमा नगरपालिकाको भवन निर्माण कार्य सम्पन्न

अर्थ सरोकार

सिन्धुपाल्चोक । भाडा र सापटी घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । एक समारोहकाबीच नगरपालिकाका प्रमुख अमानसिं तामाङले सोमबार सो भवनको उद्घाटन गर्नुभएको हो ।

लामो समय भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले पछिल्लो समय तत्कालीन कृषि विकास कार्यालयको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गरिरहेको थियो । “हामी निर्वाचित भएर आउँदा आफ्ना लागि बस्ने कोठासमेत थिएन ।” नगरप्रमुख तामाङले भन्नुभयो, “अब हामीलाई जनताको सेवा गर्न झन् धेरै सहज हुनेछ ।” अहिले नगरपालिकाले सबैजसो वडा कार्यालयको भवनसमेत निर्माण गरिसकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

नगरपालिकाको आफ्नै स्रोतबाट सात करोड २५ लाख ४९ हजार खर्च गरी सो भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले बताउनुभयो । विसं २०७४ बाट निर्माण सुरु गरी तीन वर्षमा सम्पन्न गरिएको हो । नगरपालिकाका धेरैजसो शाखाका सेवा नयाँ भवनबाट प्रदान गरिने छ भने शिक्षा, पशु सेवा, कृषि सेवालगायत सेवा भने स्थान अभावका कारण पुरानै भवनबाट प्रदान गरिनेछ ।-रासस

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK