काठमाडौँ । भन्सार विभागले चार महिनाको अवधिमा करिब दुई करोड रुपैयाँ बराबरको नेल पोलिस आयात भएको जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको अन्तरालमा १ करोड ७३ लाख ३० हजार रुपैयाँ बराबरको ८६ लाख ४७ हजार लिटर नेल पोलिस आयात भएको हो ।
उक्त आयातमा आयातकर्ताले सरकारलाई ६३ लाख ३७ हजार रुपैयाँ राजस्व बुझाएका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकमा भदौमा भने आयात भएको छैन । साउनमा मात्रै ६१ लाख २३ हजार रुपैयाँ बराबरको २३ लाख ७० हजार रुपैयाँ बराबरको पोलिस आयात भएको हो ।
यस्तै असोजमा मात्रै २३ लाख २४ हजार रुपैयाँ बराबरको २२ लाख ५१ हजार लिटर र कार्तिकमा ८८ लाख ८२ हजार रुपैयाँ बराबरको ४० लाख २६ हजार लिटर नेल पोलिस आयात भएको विभागले जनाएको छ ।