×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली नेपाली रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नक्कली नेपाली रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सर्लाही । नक्कली नेपाली रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । मलंगवा नगरपालिका ८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी १ लाख १५ हजार नक्कली नेपाली रुपैयाँसहित भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा ६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी १ बस्ने ४८ वर्षीय प्रमोद कुमार पक्राउ परेका हुन् ।
नेपालबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बीआर ३० वाई ४१३९ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरुको शरीर तथा मोटरसाइकल तलासी गर्दा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट उक्त नक्कली जस्तो देखिने रुपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट विभिन्न दरका १ सय ७० नेपाली रुपैयाँ र विभिन्न दरका ४७ हजार ५ सय १० भारतीय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी