काठमाडौं । नारायणी डेभपलमेन्ट बैंकको वार्षिक साधारणसभा पुस २९ गते हने भएको छ । बैंकले सभा होटल सेन्ट्रल, सौराहा चितवनमा बिहान ११:३० बजे सुरु गर्ने भएको हो । यस्तै बैंकले एकपछि अर्को हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले पुनः १००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि राखेको छ । बैंकले (पुस ८ गते) आज बाट १००% हकप्रद सेयर बिक्री खुला गरेको छ ।
बैंकले यो हकप्रद सेयर बिक्री भएपछि कायम हुने चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पुँजी १ः१ अनुपातमा (१००%) पुनः हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो । यस्तै सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्नेछ । पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जिल्लास्तरीय विकास बैंकको चुक्ता पुँजी न्यूनतम ५० करोड बनाउनुपर्ने भएकाले सोही अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।