×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकले पुस ७ गतेबाट १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर जारी गर्ने, यी ठाउँबाट भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणी डेभलपमेन्ट बैंकले पुस ७ गतेबाट १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर जारी गर्ने, यी ठाउँबाट भर्न सकिने

Artha Sarokar

१७ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बैंकले निष्कासन गर्न लागेको हकप्रद सेयर मंसिर २३ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस्तै बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

पुस ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यालयहरु टाँडी, भरतपुर, हाकिमचोक चितवनमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी