काठमाडौं । नेशनल हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड ३७ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । एक वर्षमा कम्पनीको खुद नाफा ५६ करोड ३६ लाख ७८ हजार रुपैयाँले बढेको हो । तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बोलकबोलमा गरिएको लगानी मध्ये ६१ करोड ७२ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक गरेकाले नाफा बढेको कम्पनीले जनाएको छ ।
यसअवधिमा कम्पनीले १ करोड ३५ लाख ७६ हजार रुपैयाँ रेभिन्यू संकलन गरेको छ । अघिल्लो वर्ष ६ करोड ६४ लाख १४ हजार रुपैयाँ रेभिन्यू संकलन गरेको कम्पनीले यस वर्ष १ करोड ३५ लाख ७६ हजार रुपैयाँ रेभिन्यू संकलन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७६ पैसा रहेको छ । जगेडा कोषमा २३ करोड २२ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्