काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितवर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमा लेख नामक नँया सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ । कम्पनीको पोखरामा भएको चेयर पर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको सुभारम्भ गरेकी हुन् ।
बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेर सम्मबीमाकंको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमा लेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमाकं रकम र आर्जित बोनसले आफु र आफुप्रति आश्रीत ब्यक्तिलाईसमेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमा लेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने संग संगै वचत र सुरक्षा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आफ्नो आयश्रोत अनुसार ५० हजार देखि माथि सम्मको बीमागर्न सकिने यस योजनामा सहभागीबीमितको जुनसुकै बेला मृत्यु भएपनि परिवारजनलाई एक मुष्ठ बीमाकं र वोनस प्राप्त हुनेछ । यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदानपुग्ने छ ।
मुनाफामा सहभागिहुने यस बीमालेखवाट बीमितलाई आकर्षक प्रतिफलसमेत प्राप्त हुनेछ । जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्