Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सको साह्रनियकार्य, ८८ हजारऋण मिनाह गर्दै विमाको स्वरुप ४२ हजार काजकिरिया रकम उपलव्ध

अर्थ सरोकार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले ऋण मिनाहगर्दै थपकर्जा विमाअन्र्तगत ४२हजार रुपैयाकाजकिरिया खर्चउपलव्ध गराएको छ । कंचनपुर जिल्लाको वेलौरी नगरपालिका वडा नं.४ मा रहेको शाखाले मृतकका परिवारलाई कर्जा मिनाह गरि विमामार्फत प्राप्त हुने रकम र काजकिरिया खर्च रकमप्रदान गरेको हो ।

कल्पना कुमारी वुढाको गत असोज २२ गते काल गतिले निधन थियो । मृतकका श्रीमान जनकवहादुर खडका लाई ८८ हजार साँवा व्याज मिनाह गरि कर्जा विमा अन्र्तगत सदस्यको मृत्यु पश्चात दिइने काजकिरिया खर्च स्वरुप ४२ हजार रुपैया उपलव्ध गराएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्वलाई मुख्य प्राथमिकतामा राखी ग्राहक संरक्षण कोषमार्फत सदस्यहरुलाई सुत्केरी भत्ता,दैविप्रकोपमा परेको समुहका सदस्यहरु लाई सहयोग,ग्राहकहरुको परिवारमा गम्भीरप्रकारका रोगवाट पिडित हुदा आर्थिक सहयोग तथा सदस्यहरुलाइ विभिन्न आयमुलक तथा शिपमुलक तालिम एवं वित्तिय साक्षरता जस्ता कार्य गर्दै संस्था सुखमा मात्र होइन दुःखमा पनि आम सदस्यहरु लाइ साथ दिदै आइरहेको व्यहोरा त्यस शाखाका शाखा प्रवन्धक भक्त नारायण चौधरीले वताए ।

राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले देशभर आफना १०५ शाखा संजालमार्फत करिव १ लाख ४० हजार भन्दा वढि घर परिवारलाइ वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK